वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चार दलाल कम्पनीलाई कारोबार गर्न रोक लगाएपछि घट्यो नेप्से, कारोबार रकम पनि १० करोडमा सिमित

अर्थटुडे
२०७१ चैत्र १, आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन ७.७६ अंकले घटेर ९७०.६८ अंकमा अडिएको छ । गत साता नेप्सेले चार शेयर दलाल कम्पनीहरुलाई कारोबार गर्न बन्देज लगाएको थियो ।nepal stock exchange

त्यसको प्रत्यक्ष असर आइतबार सेयर बजार परिसुचकमा परेको हो । कारोबार रकम अघिल्लो साताको अन्तिम दिनको तुलनामा झण्डै आधा रकमले घटेर १० करोड ९८ लाख रुपैयाँको शेयर मात्र किनवेच भएको छ ।

राजनीतिक दलहरुबीच शनिबार भएको निर्णायक वार्ता भांडिएकोले पनि शेयर बजारमा निराशा छाएको विष्लेषकहरुको दावी छ । त्यसैगरी दैनिक धेरै कारोबार गर्ने चार शेयर दलाल कम्पनीले नेप्सेको छानविनको कारण कारोबार गर्न नपाएपछि कारोबार रकम ह्वात्तै घटेको हो ।

यस दिन फाइनान्स र अन्य समूहका परिसुचक बाहेक सम्पुर्ण परिसुचक घटेको छ । सवैभन्दा बढी गुमाउनेमा विमाका लगानीकर्ताहरु रहेका छन् यसदिन विमा समूहको परिसुचक ७५.०८ अंकले घेको । आइतबार यौटा कम्पनीले पनि एक करोड भन्दा माथिको कारोबार गरेका छैनन् ।

मल्टिप्रपोज र रिलाईन्स लोटस फाईनान्सको शेयर मूल्य झण्डै १० प्रतिशतले बढ्यो भने कन्काई र एपेक्स बिकास बैंकको शेयर मूल्य पाँच प्रतिशत हाराहारीमा घट्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ