काठमाडौं । सोमबार सेयर बजार (नेप्से) ११.५१ अंकले घटेर ९५९.१४ अंकमा अडिएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । यस दिन कुल १४० कम्पनीको १७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
एमाओवादीसहितका ३० दलले आन्दोलनको घोषणा गरेसँगै सेयर बजारका लगानीकर्ताहरु निरास भएकोले सेयर बजार घटेको सेयर बजार विष्लेषकहरु बताउँछन् । यसैगरी नेप्सेका एक कर्मचारीले भने नक्कली प्रमाणपत्रको त्रासले पनि बजारमा नकारात्मक असर देखिएको हो ।
यसदिन नेशनल लाइफको एक करोड ९५ लाख र चिलिमेको एक करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने अरु कम्पनीहरुको एक करोड भन्दा माथिको कारोबार भएको छैन ।
होटलवाहेक बजारका सबै सुचक ओरालो लागेका छन् । सबैभन्दा वढी बिमा समूहको समूहगत परिसुचक घटेको छ । विमा समूहको परिसुचक २०.८२ अंकले घटेको छ । त्यस्तै जलविद्यु्त्, अन्य, विकास बैंक, बाणिज्य बैंक र फाइनान्स समुहको परिसुचक पनि घटेको छ ।
यसदिन कमाउनेहरुमा वाग्मति डेभलपमेन्ट, एसियन लाइफका संस्थापक, नेपाल कम्युनिटी, अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा मेट्रो डेभलपमेन्ट, साहारा विकास, सिटी डेभलपमेन्ट, कर्णाली विकास बैंकलगायतका लगानीकर्ता रहेका छन् ।
प्रतिक्रिया