काठमाडौं । एकता विकास बैंकको कार्यक्षेत्र ३ जिल्लाबाट १० जिल्लामा विस्तार भएको छ । २०६८ कार्तिक ७ गतेवाट तिन जिल्ले विकास बैंकको रुपमा केन्द्रिय कार्यलय बुटवलबाट कारोवार सेवा आरम्भ गरेको बैंकले तेस्रो वर्षमा स्तरउन्नति हुन सफल भएको हो ।
रुपन्देही, कपिलवस्तु र दाङ्ग गरी तीन जिल्ला कार्यक्षेत्र रहेका बैंकले हालै प्यूठान, रोल्पा, रुकुम, सल्यांन, सुर्खेत, वांके र कैलाली समेत गरी १० जिल्ला कार्यक्षेत्र विस्तारका लागि नेपाल राष्ट्र वैंकवाट अन्तिम अनुमति प्राप्त गरी २०७१ फागुन २९ गते देखि कम्पनी रजिष्ट्रारको कार्यलयमा समेत अभिलेखिकरण भइसकेको बैकका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले जानकारी दिए ।
२० करोड चुक्तापुँजी रहेको बैंकमा संस्थापक समुहको ६० प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको ४० प्रतिशत स्वामित्व रहेको छ । वैंकले आगामी आ.व २०७२÷७३ सम्ममा ३४ करोड ५० लाख चुक्ता पुँजी पुर्याउने योजना समेत तयार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्य वैंक तथा वित्तीय संस्थाहरुसंग मर्जरको विकल्प समेत खुल्ला राखिएको भएतापनि वैंक आफै भित्रवाट आगामी ४ वर्ष भित्र राष्ट्रिय स्तरको विकास वैंकमा रुपान्तरण हुने गरी रणनितीक योजना तयार गरेको जानकारी समेत गराइयो ।
हाल १० स्थानवाट सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि निरन्तर रुपमा सेवा बिस्तारको लक्ष्य सहित हाल थप गरिएका ७ जिल्लाहरुमा समेत आगामी आ. व. भित्र कम्तिमा १÷१ वटा शाखा विस्तार गर्ने लक्ष्यका साथ अगाडी बढेको छ । बैंकले हालसम्म १ अर्ब ८३ करोड निक्षेप संकलन गरी करीव १ अर्व ५६ करोड कर्जा लगानी गर्न सफल भएको र बैकका करीव २४ हजार बचतकर्ताहरुलाई सेवा दिइरहेको छ ।
प्रतिक्रिया