वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थोरैे बढ्यो सेयर बजार, कारोबार रकम स्थिर

अर्थटुडे
२०७१ चैत्र ३, मंगलवार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) मंलबार केही बृद्धि भएको छ । यसदिन नेप्से परिसुचक ४.३२ अंकले बढेर ९६३.४६ अंकमा अडिएको छ । यसदिन होटल समूहको २.८९ अंक र फाइनान्सको ०.४६ अंकले घटेको छ भने बाँकी सवै परिसुचक बढेको छ । nepse
मंगलबार कारोबार रकम स्थिर रहेको छ । सोमबार पनि १७ करोड रुपैयाँ बरबरको कारोबार भएको थियो भने मंगलबार पनि १७ करोडकै हाराहारीमा कारोबार भएको नेप्सेले जनाएको छ ।

एशियन लाईफको प्रोमोटर, महाकाली र एकता बिकास बैंकको शेयर मूल्य धेरै बढे पनि मल्टिप्रपोज फाईनान्स, नयाँ नेपाल लघुवित्त र काष्ठमण्डप बिकास बैंकको शेयर मूल्य धेरै प्रतिशतले घट्यो । यसदिन पनि एक करोड भन्दा बढीको कारोबार यौटा कम्पनीले मात्र कटाएको छ । नेशनल लाईफ इन्सुरेसको मात्र एक करोड भन्दा बढीको कारोबा भयो ।

अघिल्ला दिनहरुमा शेयर मूल्य घटेकाले बजारबाट शेयर उठाउनेहरु सक्रिय रहेका, नेप्सेले नक्कली शेयर छानविनमा सक्रियता देखाएको र राजनीतिक अबस्था धेरै बिग्रेर नजाने संभावना रहेकाले बजारमा त्यसको सकारात्मक प्रभाव परेको आँकलन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ