वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुवेतको जेलमा परेकी गोमाको उद्धारको लागि दुतावासले पहल गर्यो

अर्थटुडे
२०७१ चैत्र ३, मंगलवार

काठमाडौं । कुवेतको जेलमा लागुऔषध कारोबारको अभियोगमा परेकी गोमा दराईलाई छुटाउन नेपाली दुतावासले पहल सुरु गरेको छ ।Goma-Darai

नवलपरासीको कावासोती नगरपालिका—८ निवासी गोमा लागूऔषधको अभियोगमा पक्राउ परेको थाहापाएपछि दुतावासले उनको उद्धार प्रक्रिया अघि बढाएको हो । वैदेशिक रोजगार विभागले पनि यसबारे चासो लिँदै आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

कुवेतस्थित नेपाली दुतावासकी श्रम सहचारी गोमा ढकालका अनुसार गोमाको बारेमा खवर पाउनसाथ दुतावासले उद्धारको पहल सुरु गरेको छ । कुवेतमा पक्राउ परेको र २५ बर्ष जेल सजायँ सुनाएको भन्दै उद्धार गरिदिन परिवारका सदस्यहरुले सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीलाई आग्रह गरेका थिए ।

केन्द्रले प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) काठमाडौंलाई सम्पर्क गरी गोमाको केसबारे जानकारी गराएको थियो । पीएनसीसीले दुतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी उद्धारको प्रक्रिया अघि बढाएको थियो ।
समितिले विदेशमा मृत्यु भएका वा दुःख पाएर अलपत्र परेकाहरुलाई उद्धार गर्दै आएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ