वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पक्राउ परेका पाण्डे अस्पताल भर्ना

अर्थटुडे
२०७१ चैत्र ४, बुधबार

काठमाडौं । मंगलबार पक्राउ परेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि गंगालाल अस्पतालमा भर्ना गरिएको छ ।pradip jung pandey

उच्च रक्तचापक विरामी रहेका पाण्डेको मुटुमा गम्भिर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

भ्रष्टाचार मुद्वामा पक्राउ नगर्न माग गर्दै दायर रिट सर्वाेच्च अदालतले खारेज गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पक्राउ गरेको थियो ।
पाण्डेलाई भेट्न महासंघका पूर्व अध्यक्षहरु गंगालाल अस्पताल भेट्न पुगेका छन् । अध्यक्ष पाण्डे खानेपानी संस्थानको सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्वामा अदालतले दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ