काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जलविद्युतको प्राथमिक सेयरमा लगानी गर्न ५० हजार रुपैयाँसम्म ऋण दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी यस्तो व्यवस्था गरेको हो । यस्तो ऋण स्थानिय बासिन्दाले जलविद्युत् कम्पनीको सेयर खरिद गर्नका लागि प्रयोग गर्न पाउनेछन् ।
पछिल्लो समयमा जलविद्युतको सेयरमा सर्वसाधारणको आकर्षण बढेपछि विपन्न वर्गका लागि पनि सेयरमा पहुँच पुर्याउनका लागि राष्ट्र बैंकले यो व्यवस्था ल्याएको हो । जलविद्युत् कम्पनीहरुले स्थानिय बासिन्दाको लागि चुक्तापुँजीको १० प्रतिशत सेयर अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, राष्ट्र बैंकले कम रकमको कारोबार गर्ने र राख्ने निक्षेपकर्ताहरुको जानकारी राख्न सरल ग्राहक पहिचान फारम प्रयोग गर्न सक्ने व्यवस्था पनि गरेको छ । पाँच लाख भन्दा कमको बार्षिक रकमको कारोबार गर्ने ग्राहकको लागि सरल फारमको व्यवस्था रेको हो ।
प्रतिक्रिया