वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ गर्भनरको नियुक्ती आज, चिरञ्जिवी नेपालको सम्भावना बढी

अर्थटुडे
२०७१ चैत्र ५, बिहीबार

governer candidateकाठमाडौं । सरकारले आज नयाँ गर्भनर नियुक्ती गर्दैछ । तीन बजे बस्न लागेको मन्त्रिपरिषद्को बैठकमा गर्भनर नियुक्तीको प्रस्ताव रहेको बताइएको छ ।

गर्भनर नियुक्तीका लागि अर्थ मन्त्री डा. रामशरण महतको अध्यक्षतामा रहेको समितिले अर्थविद्ध डा. चिरञ्जिवी नेपाल र डेपुटी गर्भनरद्धय महाप्रसाद अधिकारी र गोपाल प्रसाद काफ्लेलाई गर्भनरका लागि सिफारीस गरेको छ । सिफारीसमा परेकामध्ये नेपाल बलियो उम्मेदवार रहेको विश्लेषण आर्थिक वृत्तमा छ ।

 सरकारको तर्फबाट नेपालको नाम सिफारिस भएकोले डा. नेपाल १६ औं गभर्नर बन्ने सम्भावना बढी रहेको छ । प्रधानमन्त्रीको सल्लाहमा अर्थमन्त्रीले डा . नेपालको नाम एक नम्वरमा राखेका छन् ।

विषेशगरी कांगे्रस भित्रको आन्तरिक द्वन्द्व गर्भनरमा सिफारीसमा देखिएको छ । पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले काफ्लेलाई गर्भनर बनाउन लविङ गरिरहेको बताइएको छ ।

गर्भनर डा. युवराज खतिवडाको कार्यकाल आज सकिने भएकाले आजै नयाँ गर्भनर नियुक्त गर्नुपर्ने दवाव सरकारलाई छ ।

यसपटक गभर्नर बन्न पूर्व सचिवहरु रामेश्वर खनाल, अर्थविद् शंकर शर्मा, बैंकरहरु पृथ्वीबहादुर पाँडे, ज्ञानेन्द्र ढुंगानासहितका एक दर्जन ब्यक्तिहरु चर्चामा थिए । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ