काठमाडौं । नेपाल टेलिकमले गत बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ४७ प्रतिशत नगद लाभांस दिने भएको छ । टेलिकमले लाभांसको लागि सात अर्व पाँच करोड रुपैयाँ छुट्याएको ।
१५ अर्व चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक बर्ष ११ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले घोष्णा गरेको लाभांसको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गर्ने छ । कम्पनीले नगद लाभांस दिदा सरकारको खातामा ६ अर्ब ४५ करोड सात लाख ५० हजार रुपैयाँ जानेछ ।
टेलिकममा सरकारको ९१.५० प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत, सर्वसाधरणको ३.९७ प्रतिशत र कर्मचारीको साढे चार प्रतिशत सेयर छ ।
वार्षिक साधरणसभाका लागि चैत १२ गतेदेखि चैत २७ गतेसम्म सेयर दाखिला खारेजको काम बन्द हुनेछ ।
प्रतिक्रिया