वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवनियुक्त गभर्नर डा.नेपालद्धारा शपथ ग्रहण

अर्थटुडे
२०७१ चैत्र ८, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.चिरञ्जीवी नेपालले शपथ ग्रहण गरेका छन् ।  आइतबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गभर्नर डा.नेपाललाई एक समारोहकाविच शपथ ग्रहण गराएका हुन् ।ciranjevi nepal

शपथ ग्रहण समारोहमा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र सर्वाेच्च अदालतका न्यायाधीशहरुको उपस्थिति थियो । मन्त्रिपरिषद्को बैठकले विहिबार नेपाललाई गर्भनरमा नियुक्त गरेको थियो । नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पनि हुन् ।

पद तथा गोपनियताको सपथ लिँदै नव नियुक्त गर्भनर नेपालले वित्तीय क्षेत्रलाई उदाहरणीय बनाउँदै आर्थिक उपलब्धि परिणाममुखी बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ