वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नरले शपथ लिएकै दिन घट्यो सेयरबजार, केन्द्रिय बैंंकको नीति पर्खदै लगानीकर्ता

अर्थटुडे
२०७१ चैत्र ८, आईतवार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) साताको पहिलो दिन साढे ३ अंकले घटेको छ । राष्ट्र बैंकका नवनियुक्त गभर्नरले सपथ तथा पद बहाली गरेकै दिन पुँजी बजार घटेको छ ।nepal stock exchange

केन्द्रिय बैंकले लिने नीतिले पुँजी बजारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । नयाँ गभर्नरले कस्तो नीति लिने हो भन्ने विषयमा अन्यौल भएकोल आइतबार नेप्से घटेको हो । यसदिन कारोबार रकममा केही सुधार भई १८ करोड ५० लाख रुपैयाँ बराबरको पाँच लाख १३ हजार छ सय १२ कित्ता सेयर किनबेच भएको छ ।

यसदिन पनि दुई वटा कम्पनीको मात्र एक करोड भन्दा बढीको कारोबार भएको छ । नबिल बैंको प्रमोटर सेयर र चिलिमे हाइड्रो पावरको सेयरको कारोबार एक करोड भन्दा माथि भएको छ । नबिलको प्रमोटर सेयर एक करोड १० लाख रुपैयाँको र चिलिमेको एक करोड आठ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यसदिन अन्य र उत्पादनमूलक बाहेक सम्पुर्ण समूहगत परसुचक घटेको छ । विमा, जलविद्युत, बैंक, होटल र विकास बैंक समूहको सेयर उच्च दरले घटेको छ भने फाइनान्स समूहको सेयर थोरै अंकले मात्र घटेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ