वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबारपनि ओरालो लाग्यो नेप्से

अर्थटुडे
२०७१ असार ४, बुधबार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) बुधबारपनि ओरालो लागेको छ । मंगलबार ३.३ अंकले घटेको नेप्से बुधबार पनि ३.२७ अंकले घटेर ९३२.२२ अंकमा झरेको छ ।
बुधबार होटल, हाइड्रोपावर र इस्योरेन्सबाहेकका सबै परिसुचकहरु घटेको छ । बैंकिङ समूह ९.५८,वित्त कम्पनी ४.०५ र विकास बैंक समूह ०.६६ अंकले गिरावट आएको छ । यसैगरी बिमा ५९.८९, होटल ३४.१, हाइड्रोपावर २.४९ अंकले बढेको छ ।
बुधबार १ सय ४५ वटा कम्पनीको ९ लाख २६ हजार कित्ता सेयरबाट ४७ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ