वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ गभर्नरलाई पत्याएन सेयर बजारले, सोमबार ७.५३ अंकले घट्यो बजार

अर्थटुडे
२०७१ चैत्र ९, सोमबार

काठमाडौं । सेयर बजारले नयाँ गभर्नर डा. चिरञ्जीवी नेपाललाई पत्याएन । गभर्नरको पद पबहाली गरेकै दिन आइतबार साढे तीन अंकले घटेको बजार सोमबार पनि ७.५३ अंकले घटेको छ । Share-Market

बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको हुने र केन्द्रिय बैंकले लिने नीतिमा बजार निर्भर रहने गरेको छ । तर आइतबार नयाँ गभर्नर डा.नेपालले नीतिगत सम्बोधन गरेपनि त्यसको प्रभाव बजारमा पर्न सकेन ।

खासगरी विपक्षी दलहरुले आन्दोलनको तयारी गरिरहेको र माओवादी दलहरु मिल्नसक्ने सम्भावना वढेका कारण सेयर बजारमा नकारात्मक असर देखिएको विश्लेषकहरुको दावी रहेको छ । यसदिन जलविद्युत् वाहेक सबै सुचकहरु घटेका छन् ।

सवैभन्दा बढी बिमा समूहको परिसुचक ५७.६१ अंकले घटेको छ । सोमबार पनि ग्लोबल आइएमइ बैंक र चिलिमे हाइड्रो पावर कम्पनीको क्रमशः एक करोड १९ लाख र एक करोड नौं लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार कुल १३३ कम्पनीका १९ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन कमाउनेहरुमा नेपाल लाइफ इन्सुरेन्स,साहारा विकास बैंक, मनास्लु विकास, माउन्ट मकालु, काठमाण्डू फाइनान्सलगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै गुमाउनेहरुमा कसमस डेभलपमेन्ट, विजिनेस युनिभर्सल, महाकाली विकास, प्रिमियर इन्स्योरेन्स, अलायन्स इन्स्योरेन्सलगायतका लगानीकर्ताहरु रहेका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ