काठमाडौं । डाबर नेपालले लप्सीको स्वादको हाजमोला बजारमा ल्याएको छ । यसअघि कम्पनीले पुदिना, इम्ली, निम्बु, रेगुलर र अनारदानाको स्वादका हाजमोला बजारमा ल्याइसकेको छ ।
लप्सीलाई प्रभावकारी पाचक तत्वका रुपमा पनि चिनिन्छ । लप्सीको स्वादमा आएको हाजमोला लप्सी स्यासे र बोतलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । तीन चक्की भएको स्यासेको खुद्रा मूल्य एक रुपैयाँ र १२० चक्की भएको बोतलको मूल्य ४० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया