वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब ‘घ’ वर्गको लघुवित्त बाहेक सबै वित्तीय संस्था बैंक

अर्थटुडे
२०७१ चैत्र ९, सोमबार

काठमाडौं । ‘घ’ वर्गका लघुवित्त विकास बैंकबाहेक बाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी बैंक बन्ने भएका छन् । राष्ट्र बैंकले यसअघि गरेको ‘क’, ‘ख’ र ‘ग’ वर्गको वर्गिकरणलाई हटाएर सबैलाई एकै समूहमा राख्न लागेको हो । उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समिति सोमबार पारित गरेको पाँच वर्षे वित्तीय क्षेत्र विकास रणनीतिमा बैंक तथा वित्तीय संस्थाको हालको वर्गिकरण हटाउने र युनिभर्सल बैंकिङ प्रणाली अवलम्बन गर्ने प्रस्ताव गरेको छ ।

bank

हालको वर्गिकरण हटाउन बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन नै संशोधन गर्नुपर्ने भएकाले केही समय लाग्न सक्नेछ । ऐन संशोधन भएपछि सबै वित्तीय संस्थाले बैंक लेख्न पाउनेछन् भने चुक्ता पुँजीका आधारमा काम र कार्यक्षेत्र तोकिनेछ ।

अर्थमन्त्री अध्यक्ष रहने उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको इकाइको रुपमा वित्तीय क्षेत्र बिकास रणनीतिको बिकास गरिएको हो ।

समितिको समन्वय गर्ने डेपुटी गर्भनर गोपाल काफ्लेका अनुसार युनिभर्सल बैंकिङ प्रणाली अन्र्तगत बैंक तथा वित्तीय संस्थालाई लैजादा घ वर्गको लघुवित्त कम्पनी बाहेक अन्य सबैलाई एउटै बर्गमा राखिनेछ । हाल राष्ट्र बैंकले क वर्गमा वाणिज्य बैंक, ख वर्गमा विकास बैंक ग वर्गमा फाइनान्स कम्पनी राखेको छ । नयाँ व्यवस्थासँगै विकास बैंक र वित्तीय संस्थाले पनि आफ्नो नामपछि बैंक राख्न पाउनेछन् । यो प्रणालीमा लैजाँदा बैंकहरुलाई राष्ट्रिय र क्षेत्रीय स्तरमा बर्गिकरण गरिनेछ ।

रणनीतिले बिमालाई माइक्रो इन्स्योरेन्समा केन्द्रीत गराउँने, लाइसेन्सिङ नीतिमा सुधार गर्ने, मर्जरमा लैजाने, बैंकिङ कर्जासँग बिमालाई मिलाउने विषय समेटिएको छ । त्यस्तै, सहकारीको नियमनको व्यवस्था गर्ने, पुँजी बजार बिकासको लागि सीडीएससी कायान्वयनमा ल्याउने, पुर्वाधार बिकास गर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका वित्तीय कारोबार समेत गर्ने संस्थानको नियमन योजना अघि सारेको छ ।

पाँच वर्षे रणनीति रहेकाले यी विषयहरु विस्तारै कार्यान्वयन गर्दै जाने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ