काठमाडौं । आइएल एफसीओ माइक्रो फाइनान्स वित्तिय संस्थाले यही चैत्र १७ गतेदेखि ४ लाख कित्ता प्राथमिक सेयर जारी गरेको छ । कुल सेयर मध्ये सामूहिक लगानीकोषको लागि २० हजार कित्ता छुट्याएकोमा सो बाँडफाड भइसकेको कम्पनीले जनाएको छ । मंगलबार आव्हानपत्र जारी गर्दै कम्पनीले बाँकी ३ लाख ८० हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेको जनाएको छ ।
जारी गरिएको कुल सेयरमध्ये ८ हजार भने कर्मचारीहरुको लागि छुट्याइएको छ भने बाँकी सर्वसाधरणले खरिद गर्न पाउने छन् । सिभिल क्यापिटल मार्केट लिमिटेड धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक रहेको सो कम्पनीको साधारण सेयर चैत्र १७ गते खुल्ला हुने छ भने छिटोमा २० र ढिलोमा बैशाख २ गते बन्द हुने छ ।
कम्पनीको सेयरका लागि न्युनतम २० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । सर्वसाधरणले सिभिल क्यापिटल मार्केटको कार्यालय कमलादी, इन्टरनेसनल लिजिङ एण्ड फाइनान्स कम्पनीका सम्पुर्ण शाखा, बागमति डेभलपमेन्ट बैकको सर्लाही र जनता बैंकको धनगढी शाखाबाट आवेदन बुझाउन सक्नेछन् । कम्पनीको १० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।
प्रतिक्रिया