काठमाडौं । सरकारले चालु आर्थिक वर्षको फागुनसम्म्ममा दुई खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । फागुनसम्ममा दुई खर्ब ४५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा अर्थ मन्त्रालयलाई लक्ष्य पुरा गर्न मुस्किल परेको छ ।
कुल राजस्व संकलन मध्ये कर राजस्व बापत दुई खर्ब २२ अर्ब र गैरकर राजस्व १९ अर्ब २६ करोड २५ लाख संकलन भएको मन्त्रालयले जनाएको छ । यो रकम कुल राजस्व संकलनको ९२.०२ र ७९८ प्रतिशत हो ।
आर्थिक वर्ष २०७०र७१ फागुनमा २३ अर्ब ६८ करोड राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०७१र७२ को फागुनमा २५ अर्व ७२ करोड ७० लाख रुपैयाँ संकलन भएको छ ।
चालु आवको फागुनसम्ममा मूल्य अभिबृद्धि करको योगदान ३०।३६ प्रतिशत, भन्सार महसूलको योगदान २०।३६ प्रतिशत, आयकरको योगदान १९।८४ प्रतिशत, अन्तःशुल्कको अंश १३।८६ प्रतिशत र गैरकर राजस्वको अंश ७।९८ प्रतिशत रहेको छ ।
।
राजश्व सचिव नवराज भण्डारीको अध्यक्षतामा बसेको समीक्षा बैठकले लक्ष अनुसार राजश्व संकलन नभएपनि गत वर्षको भन्दा १३ दशमलव ४९ प्रतिशतले राजश्व संकलन बढेको जनाएको छ । सरकारले चालू आर्थिक वर्षमा चार खर्ब २२ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष राखेको छ ।
समीक्षा बैठकमा विभागीय प्रमुख र उपत्यकास्थित कार्यालयका प्रमुखलाई निर्देशन दिंदै मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले कर प्रशासनलाई सूचना प्रणालीमा आधारित बनाउँदै पर्याप्त सूचना संकलन तथा विश्लेषणका आधारमा कर सम्बन्धि जोखिम व्यवस्थापन गर्नुपर्ने र मूल्य अभिवृद्धि कर तर्फ लामो समयसम्म उच्च क्रेडिटमा रहने करदाताहरुमा अनुसन्धान केन्द्रीत राख्नु पर्ने बताए ।
प्रतिक्रिया