काठमाडौँ । २० मेगावाट क्षमता भएको बूढीगंगा जलबिद्युत आयोजनाको काम अव दु्रतगतिमा अगाडी बढ्ने भएको छ । सो योजनालाई साउदी फण्ड फर डेभलपमेन्ट ( एसएफडी)ले २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने भएपछि आयोजनाको काम अघि बढ्ने भएको हो ।
एसएफडीका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक युसुफ विन इब्राहिम अलबासामको नेतृत्वमा नेपाल आएको टोलीले सो आयोजनालाई दिइने ऋण सम्झौतामा बुधबार हस्बताक्षर गरेको छ ।
सो सम्झौतमा अर्थमन्त्रालयको तर्फबाट अर्थसचिव युवराज भुषाल र एसएफडीको तर्फबाट उपाध्यक्ष तथा प्रवन्ध निर्देशक युसुफ विन इब्राहिम अलबासामले हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ ।
सो अवसरमा अर्थमन्त्री डा.रामशरण महतले एसएफीले सो आयोजनालाई गरेको सहयोगको सह््रना गर्दै भने—विश्व बैंकको रेटिङ अनुसार नेपालले करिब ३० अर्ब रुपैयाँ बराबरको सहायता पाउँनेछ । उनका अनुसार आईएफससीले पनि नेपालको जलबिद्युत आयोजनाको विकासमा ठूलो लगानी सहितको सहभागिता जनाउँदैछ भन्दै चीन लगायतका अन्य देशहरुलेपनि जलविद्युतमा लगानी गर्न खोजेको बताए ।
सो अवसरमा एसएफडीका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक युसुफ विन इब्राहिम अलबासामले नेपालसँगको सम्वन्ध बिस्तार गर्न नेपालमा साउदी अरेवियाको दूतावास नै खोल्न लागिएको जानकारी दिए ।
साउदी अरबले नेपालमा जलबिद्युत, सिंचाईका अतिरिक्त शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्न सक्ने जानकारी पनि सो अवसरमा दिइएको थियो ।
अच्छामस्थित उक्त जलबिद्युत आयोजनाको निर्माणले स्थानीयस्तरमा रोजगारी सिर्जना, ग्रामीण बिद्युतीकरण, क्षेत्रीय असमानता घटाउने तथा स्थानीयस्तरमा आर्थिक क्रियाकलापहरुको बिस्तार हुने अपेक्षा गरिएको पनि अलबासामले बताए ।
बूढीगंगा जलबिद्युत आयोजनाका लागि यसअघि नै कुवेत फण्डले गत बर्ष नै करिब १ अर्ब ८० करोड सहयोग गर्ने सम्झौता गरिसकेको छ । जलबिद्युत आयोजनाका लागि थप सहयोग जुटाउने योजना अनुरुप एसएफडीको सहयोगका लागि आग्रह गरिएको थियो ।
प्रतिक्रिया