वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्रीको दवावमा शाह भए नेपाल बैंकको सिइओ

अर्थटुडे
२०७१ चैत्र १२, बिहीबार

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिले देवेन्द्रप्रताप शाहलाई प्रमूख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । अर्थमन्त्रीको दवावमा शाहलाई प्रमूख कार्यकारी अधिकृत बनाइएको हो ।1966245_10203339306225839_807910716_o

विहिबार बसेको सञ्चालक समितिको बैठकले अथमन्त्री डा.रामशरण महत निकट शाहलाई सिइओमा नियुक्ति दिएको छ । सिइओको विषयमा सञ्चालक समितिमा तिव्रविवाद भएपछि गत तीनदिनदेखि नेपाल बैंकमा सिइओ नियुक्त हुन सकेको थिएन ।

बैंकमा सरकारले नियुक्त गरेका संचालकहरु शाहलाई नै सिइओ बनाउने अडानमा रहेपछि अन्ततः सञ्चालक समितिले शाहलाई नै सिइओ नियुक्त गरेको हो । शाह यसअघि बीमा समितिका अध्यक्ष र कृषि विकास बैंकका महाप्रबन्धक रही सकेका थिए ।

मंगलबार र बुधबार बसेको बैठकमा कसलाई सिइओ बनाउने भन्ने विषयमा सहमति नभएपनि विहीबार भने सरकारले नियुक्त गरेको संचालकले पेलेर निर्णय गराएका थिए ।nepal bank

अन्य सञ्चालकहरुले भने १२ वर्षदेखि बैंकिङ क्षेत्रमा नै नरहेका व्यक्तिलाई ल्यायएर सिइओ बनाएको भन्दै विरोध गरेका छन् । बैंकलाई सुधार्ने भन्दा पनि १४ वर्ष अगाडिकै अवस्थामा फर्काउने खेल सुरु भएको असन्तुष्ट पक्षको आरोप छ ।

नेपाल बैंकको सिइओ छान्न बनेको छनौट समितिले शाहसँगै कुमार लम्साल र छबिराज पन्तको नाम सिफारिस गरेको थियो । लम्साल सानिमा तथा किष्ट बैंकको पूर्व सिइओ हुन् भने पन्त एसबिआई बैंकको प्रमुख जोखिम अधिकृत हुन् ।

शाहलाई विहीबार बेलुकी ६ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ । शाहले शुक्रबारबाट नै कार्यभार सम्हाल्ने छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ