काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्रतिनिधिमण्डलले नवनियुक्त गभर्नर डा. चिरञ्जिवी नेपाललाई भेट गरी विपन्न वर्ग कर्जा बचत तथा ऋण सहकारीमार्फत लगानी गर्नका लागि आग्रह गरेको छ । अध्यक्ष ऋषिराज घिमिरको नेतृत्वमा गएको टोलीले नेफ्स्कूनले तयार पारेको जोखिममा आधारित अनुगमन तथा सुपरीवेक्षणका औजारहरुलाई अन्तिम स्वरुप दिन लागिरहेकोले त्यसमा सहयोग गर्न आग्रह पनि गरेको छ ।
टोलीमा महासचिव परितोष पौड्याल, कोषाध्यक्ष नानीबाबु बुढाथोकी र सञ्चालक कृष्ण पौडेलको सहभागिता रहेको थियो ।
प्रतिक्रिया