काठमाडौं । जनता बैंकले नवलपरासीको प्रतापपुर गाविसस्थित बेलाटारीमा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरेको छ । विहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भट्टराईले शाखाको उद्घाटन गरे ।
प्रतापपुर शाखाले कृषिकर्जालाई प्राथमिकता दिई सबै प्रकारका बैंकिग सेवा तथा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
यो शाखासहित बैंकको शाखा संख्या ३५ पुगेको छ । बैंकले २ वटा एक्सटेन्सन काउन्टर र २७ वटा एटिएम र एउटा शाखा रहित बैंकिङबाट १ लाख १२ हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । हाल २ अर्ब ६ करोड पुँजी रहेको बैंकले २१ अर्व भन्दा बढि निक्षेप संकलन र १९ अर्व कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया