काठमाडौं । प्रभु बैंककोले चुक्तापुँजी ३ अर्व ८५ करोड पुर्याउनका लागि एकसय बराबर २० को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । शुक्रबार बैंकको १२ औ साधारणसभाले संस्थापक शेयरधनीहरुको समूह क मा रहेको उपसमुह खारेज गर्ने, बैंकको नियमावलीको ठेगाना परिवर्तन गर्ने, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने\गाभिने तथा एक्विजिसन, खरिद गर्ने प्रकृया अगाडी बढाउने लगायतका निर्णय गरेको छ ।
त्यसैगरी सो साधारणसभाले सम्पति र दायित्व तथा कारोवारको मुल्याङ्कन गर्न मुल्याङ्कनकर्ता नियुक्त गर्न तथा समझदारीपत्रमा हस्ताक्षर गर्न संचालक समितिलाई अख्तियारी दिने समेत निर्णय गरेको छ ।
त्यस्तै साधारणसभाले देवीप्रकाश भट्टचनको नेतृत्वमा दक्ष पौडेल सुभाष, बिकाश शाक्य र अम्बीका शर्मा लामिछाने तथा सर्बसाधारण समुहबाट पुष्प बहादुर प्रधान र कुसुम लामा गरि जम्मा ६ जना संचालक निर्बिरोध निर्बाचित गरेको छ ।
प्रतिक्रिया