वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आन्तरिक लेखापरिक्षणलाई प्रभावकारी बनाउनुपर्छ

अर्थटुडे
२०७१ चैत्र १५, आईतवार

काठमाडौं । नेपालको आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र कन्फेडेरेशन अफ एसिएन एण्ड प्यासिफिक एकाउन्ट्सको संयुक्त आयोजनामा भएको दुई दिने सार्वजनिक क्षेत्र वित्तिय व्यवस्थापन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारी अधिकारीहरुले नै आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् ।15

सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन र प्रभावकारी ढंगले लेखापरीक्षण गराउन व्यवसायिक रुपमा लेखापरीक्षण गरिरहेका लेखापरीक्षकहरुको थप प्रभावकारी बनाउन सकिने आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले बताए ।

सम्मेलन उद्घाटन क्रममा सरकारी अधिकारीहरुले सार्वजनिक क्षेत्रमा लेखापरीक्षणलाई थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका थिए । हाल सार्वजनिक क्षेत्रमा अत्यन्त न्यून मात्रामा व्यवसायिक लेखापरीक्षण रहेको बताइएको छ ।

अध्यक्ष भट्टराईले दुई दिने अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र वित्तिय व्यवस्थापन सम्बन्धि सम्मेलनले सार्वजनिक क्षेत्रमा व्यवसायिक लेखापरीक्षकको आवश्यकता महसुस गराउन सफल भएको पत्रकार सम्मेलनमा बताए ।

उनले सरकारी अधिकारीहरुबाट नै यस क्षेत्रमा व्यवसायिक लेखापरीक्षक आवश्यकता औल्याइएपछि हाल भईरहेका लेखापरीक्षकबाट त्यसको परिपूर्ती गराउन सकिने बताए ।

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि सार्वजनिक क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्ने बताए । सार्वजनिक क्षेत्रमा व्यवसायिक परीक्षण प्रणालीको आवश्यकता महसुश भएकाले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले आन्तरिक लेखापरीक्षलाई बलियो नबनाएसम्म मुलुकको अर्थतन्त्र राम्रो हुन नसक्ने ठोकुवा गरे ।

सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन सहि मान्छे, सहि स्थानमा भन्ने अवधारणा लागू गरिनुपर्नेमा पनि अध्यक्ष भट्टराईको जोड थियो । दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा लेखापरीक्षण सम्बन्धि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका संभावित वित्त व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको आईक्यानले जनाएको छ ।

सम्मेलन समापनका क्रममा विज्ञहरुले सन् २०२२ सम्म नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुनुको लागि पनि सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिएका थिए ।

सम्मेलनमा सहभागि २१ देशका ५० भन्दा बढि विदेशी लेखाव्यवसायी संस्थाका प्रतिनिधिहरुसँग सार्वजनिक वित्त व्यवस्थापनका विषयमा उनीहरुको मुलुकमा भईरहेको प्रयास र त्यसबाट नेपालले सिक्नुपर्ने माठका विषयमा गम्भिर छलफल भएको आईक्यानले जनाएको छ ।

सम्मेलनमा नेपालको तर्फबाट अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख सहसचिव बैकुण्ड अर्याल, पेफा सचिवालयका उपसचिव बाबुराम सुवेदी, उपमहालेखापरीक्षक बाबुराम गौतम लगायतले कार्यपत्र पस्तुत गर्नुभएको थियो । सम्मेलनका क्रममा विभिन्न मुलुकका प्रतिनिधिहरुसँग राउन्ड टेबल छलफल भएको पनि आईक्यानले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ