काठमाडौँ । अर्थमन्त्री डा. रामशरण महतले जर्मन सरकारलाई आगामी दिनमा सहयोगलाई थप बढाउन आग्रह गरेका छन् । नेपालका लागि जर्मन राजदूत फ्रेन्क मेकसँगको बुधबारको भेटमा उनले सो आग्रह गरेका हुन् ।
बुधबार जर्मन लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न आउन सक्ने भएकोले यो सन्देश लगानीकर्ताहरु समक्ष पु¥याइदिन राजदूतसमक्ष आग्रह गरेका हुन् ।
भेटघाटका क्रममा नेपालका लागि जर्मनीका राजदूत मेकले संबिधान सभाको चुनावपछि जर्मन लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेको र यस सम्वन्धमा सोधखोज गरिरहेको जानकारी दिए । उनले लोकतन्त्र र उदार आर्थिक नीति भएमा लगानीकर्ताहरु नेपालमा आउने सक्ने प्रचूर संभावना रहेको बताए ।
जर्मन सहयोगको दुईवर्षे सहयोग चक्र यसै वर्ष पूरा हुँदैछ । सो अवसरमा राजदूत मेकले आगामी वर्षदेखि नेपालले प्राप्त गर्दै आएको सहयोग बढाउनेगरी तयारी भैरहेको र यसै सन्दर्भमा जर्मन मिसनले छलफल पूरा गरिसकेको जानकारी गराए । जर्मन राजदूत यसै महिना फिर्ता जाने र नेपालका लागि नयाँ जर्मन राजदूत आउन लागेको सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया