वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइदै, आयात प्रतिस्थापन सहकारीको प्रमूख नारा

अर्थटुडे
२०७१ चैत्र १६, सोमबार

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौले विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाउने भएको छ । जिल्ला सहकारी संघको ५८ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समतिले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । P10201904-1038x576
समितिका अनुसार चैत १६ गते बृद्धाश्रम तथा बालगृहमा भोजन तथा फलफुल वितरण गर्ने भएको छ भने चैत १७ गते राष्ट्रिय सहाकरी बैंक गोंगवुमा रक्तदान कार्यक्रम गरेको छ । त्यसैगरी सोही दिन विहान १० बजे पञ्चकन्या मावि दक्षिणकालीमा स्वस्थ शिविरको पनि आयोजना गरेको छ ।

चैत १८ गते वाकथन कार्यक्रम राखेको छ भने सोही साँझ ६ बजे बुदिष्ट बालृह जोरपाटीमा भोजन तथा फलफुल वितरण गर्ने भएको छ । त्यस्तै सहकारी दिवसका दिन चैत २० गते संघले बृहत सहकारी र्याली निकाल्ने जनाएको छ ।
सो पत्रकार सम्मेलनमा डिभिजन सहकारी कार्यालय प्रमुख नारायणप्रसाद अर्यालले व्यापार घाटा कम गर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । डिभिजन प्रमुख अर्यालले सहकारीका माध्यमबाट आयात प्रतिष्थापन गर्न सकिने बताए । ‘व्यापार घाटा क मगर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न आवश्यक छ’ उनले भने –‘अब सहकारीले पैसाको किनबेच मात्र गर्न हुदैँन ।’

डिभिजन प्रमुख अर्यालले सहकारीले ऋण दिने र असुल गर्ने मात्र नभई उत्पादन अभिवृद्वि गर्नुपर्नेमा जोड दिए । सहकारी दिवसका अवसरमा डिभिजन सहकारी कार्यालयले ग्रामीण, महिला, लक्षित, ठूला र राम्रा र उद्योग व्यवसायमा उत्कृष्ट सहकारीलाई सम्मान गरिने जानकारी दिए ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले दिवसले आयात प्रतिष्थापन गर्नका लागि सहकारीलाई उत्पादनशील क्षेत्रमा जान अभिप्रेरित गर्ने बताए । ‘सहकारी अब उत्पादनशील क्षेत्रमा जानुको विकल्प छैन’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ