काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) सोमबार ओरालो लागेको छ ।
आइतबार झिनो अंकमा घटेको बजार सोमबार ३.२ अंकले घटेर ९३९ अंकमा अडिएको छ ।
यसदिन कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन १२४ कम्पनीका ११ करोड ५६ लाख रुपैयाँ बराबरको दुई लाख ७७ हजार २८३ कित्ता सेयर किनबेच भएको छ ।
यसदिन सवैभन्दा बढी कारोबार भएको कम्पनीमा ग्लोवल आइएमई बैंक रहेको छ जसले ८० लाख रुपैयाँ बराबरको मात्र सेयर किनवेच भएको छ । त्यस्तै नेपाल लाइफको ६४ लाख नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसदिन कमाउने कम्पनीहरुमा गुराँस लाइफ, एनएलजी इन्स्योरेन्स, सोल्टी होटललगायतका कम्पनीका लगानीकर्ताहरु रहेका छन् भने गुमाउनेमा सनराइज बैंकका संस्थापक, प्रिमियर इन्स्योरेन्स, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, कामना विकास बैंकलगायतका कम्पनीका सेयरधनीहरु रहेका छन् ।
समग्र बजार ओरालो लागेपनि व्यापार, होटल र उत्पादनमूलक क्षेत्रका सेयरको मूल्य बढेको छ । सबैभन्दा वढी बिमा, जलविद्युत्, अन्य, विकास बेंक, फाइनान्स र बैंकिङ समूह घटेको छ ।
प्रतिक्रिया