काठमाडौं । मंगलबार ६ अंकले वढेको सेयर बजार सुचक बुधबार पनि सोहि अंकले घटेको छ । कारोबार सुरु हुँदादेखि घट्दो क्रममा रहेको सेयर बजार परिसूचक बन्द हुँदासम्म कायम रह्यो । बैंक, विमा तथा जलविद्युत कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार परिसुचक घटेको हो ।
कारोबार सुरु हुँदा ९४५.७४ अंकमा रहेको नेप्से ६.२० अंकले घटेर बन्द हुँदा ९३९.५४ अंकमा झरेको छ ।
बुधबार समूहगत परिसूचकमध्ये बैंकिङ ५.३६, विकास बैंक ८.७२, वित्त १.१८, जलविद्युत् १०.३, बिमा ३६.३ र होटल ४१.६३ अंकले घटेका छन् ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १२१ कम्पनीको १०२९ कारोबारबाट १२ करोड २७ लाख १ हजार रुपैयाँबराबरको ३ लाख ८३ हजार ८ सय ३७ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया