काठमाडौं । राष्ट्रिय सहकारी संघले पुल्चोक स्थित श्री लालीगुरास बहुउद्धेश्यीय सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ प्रदान गर्ने घोषणा गरेको छ ।
५४ सालमा स्थापना भएको सो संस्था अन्तर्गत ललितपुरको थसीखेलमा लालीगुराँस अस्पताल, श्री लालीगुरास राष्ट्रिय उच्च माध्यामिक विद्यालय, चितवनको कुमरोजमा गाई फारम संचालित छ ।
संस्थाका अध्यक्ष हिराकाजी महर्जनले संस्थाले शेयर सदस्यकोको मनोबल जितेकै कारण मध्यमाञ्चलकै उत्कृष्ट सहकारी हुन सफल भएको बताए । संघका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले यो पुरस्कारले शेयरसदस्यको लगानी सुरक्षीत गर्न थप मनोबल बढेको प्रतिक्रिया दिए ।
५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा संघले मध्यमाञ्चलबाट लालीगुँरासका साथै पूर्वाञ्चलबाट नेपाल बहुउद्धेश्यीय सहकारी मेचीनगर झापा, पश्मिाञ्चलबाट ग्रामिण वचत तथा ऋण बर्दघाट, मध्यपश्मिाञ्चलबाट कस्तुरी बहुउद्धेश्यीय खलंगा जाजरकोट र मध्यमाञ्चलको महिला जागरण बचत तथा ऋणलाई पनि पुरस्कृत गर्ने भएको हो । यसैगरी जिल्ला स्तरीय सहकारी संघहरुहरुबाट मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई उत्कृष्ट सहकारी पुरस्कार २०७१ गर्ने घोषणा गरेको हो ।
राष्ट्रिय संघले प्रत्येक वर्ष सहकारी दिवसका अवसरमा उत्कृष्ट संघसंस्था घोषणा गर्दै आइरहेको छ ।
सहकारी दिवसमा उत्कृष्ट सहकारी पुरस्कृत
२०७१ चैत्र १८, बुधबार
प्रतिक्रिया