वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सभामुख नेम्वाङले भने नारामा मात्र सिमित नहोस् “आयात प्रतिस्थापनका लागि सहकारी“

अर्थटुडे
२०७१ चैत्र १८, बुधबार

काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले आयात प्रतिस्थापनका लागि सहकारी भन्ने नारा कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । उनले भने आयात प्रतिस्थापनका लागि सहकारी भन्ने नारा नारामा मात्र सिमित नबनाउनुस् कार्यान्वयनमा ल्याउनुहोस्, तपाईहरुले अर्को वर्षमा प्रगतिको रिपोर्ट सहित मलाई भेट्नुहुनेछ भन्ने म पूर्ण रुपमा विश्वस्त छु । IMG_6178
उनले सहकारीहरुलाई लगानी बढाउनसमेत आग्रह गरे । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले बुधबार गरेको अन्र्तकृया कार्यक्रममा बोल्दै उनले नारा सार्थक बनाउनका लागि उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी गर्नुपर्ने बताए । सहकारी दिवसका लागि यसवर्ष ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नारा तय गरिएको छ ।
“अहिलेको आवश्यकता भनेको उत्पादन बढाउने हो, त्यसमा प्रमुख भूमिका सहकारीको नै हुन्छ, तपाईहरु लाग्नुहोस्” नेम्वाङले भने, “सहकारीले प्रर्याप्त मात्रामा कृषि लगायत उत्पादनशील क्षेत्रमा लगानी नबढाउँदासम्म आयात प्रतिस्थापनको नारा नारामा मात्र सीमित हुने छ” सहकारी दिवसको नारा राम्रो रहेपनि व्यवहारिकता पाउनेमा आफू आशावादी नरहेको उनको भनाई थियो ।

उत्पादन वृद्वि गर्नका लागि सहकारीले ठुला ठुला प्रोजेक्टमा लगानी गर्न आवश्यक रहेको नेम्वाङले बतए । “अब सहकारीले करोडौं र अबौंको प्रोजेक्टमा लगानी गर्नुपर्छ” उनले भने, “सहकारीलाई उत्पादनमा परिचालन गर्न सके देशले छिट्टै कायपलट आर्थिक छलाङ मार्न सक्छ । सहकारीमैत्री संबिधान निर्माणका लागि आफू क्रियाशील रहेको उनको भनाई थियो ।
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारी क्षेत्रको पहिलो प्राथमिकता कृषि नबन्दासमम्म सहकारीले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्ने बताए । “सहकारीले कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्नेगरी उत्पादन गर्न सकोस्, त्यसका लागि चाहिने नीतिगत व्यवस्था सरकारले अवश्य मिलाउने छ” उनले भने ।
कार्यक्रममा कार्यपत्र पेश गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब प्रसाद बडालले सामाजिक न्याय सहितको उत्पादकत्व बृद्वीका लागि सहकारीमात्र उपयुक्त रहेको दावी गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ