काठमाडौं । दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले पुँजी वृद्धीको प्रस्ताव गरेको छ । कम्पनीले पुँजी बढाएर सर्वसाधारणलाई सेयर दिनका लागि उद्योग विभागका पुँजी वृद्धीको प्रस्ताव गरेको छ । त्यसका लागि विभागका आवेदन दिएपनि कम्पनीले विस्तृत विवरण पेश नगरेको तथा पुँजी वृद्धीपछिका योजना पनि पेश नगरेको विभागले जनाएको छ ।
पुरानो लगानीको प्रतिफल लिन कानुनी झमेला भोगिरहेको कम्पनीले सर्वसाधारणलाई सेयर दिने तयारी गरेको हो । स्रोतका अनुसार कम्पनीमा विदेशीको लगानी रहेको छाप परेकाले त्यसलाई हटाउन साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।
१० करोड रुपैयाँ सेयर पुँजी रहेको एनसेलमा अहिले रिनोल्ड होल्डिङ लिमिटेड, वेष्टइन्डिजको ८० प्रतिशत र निरजगोविन्द श्रेष्ठको नाममा २० प्रतिशत सेयर स्वामित्व छ ।
मुख्य लगानीकर्ता टेलिसोनेराले विगतका वर्षको नाफाबाट लाभांश फिर्ता लैजान स्विकृती मागेपनि लैजान सकेको छैन । कम्पनीले गत आर्थिक वर्षसम्ममा गरेको आम्दानी वापत विदेशी लगानीकर्ताको भागमा परेको आठ अर्ब ८० करोड रुपैयाँ लैजान माग गरेपनि स्विकृती पाएको छैन ।
प्रतिक्रिया