काठमाडौं । स्वाईन फ्लु संक्रमित भई उपचाररत एमाले नेता रामनाथ ढकालको निधन भएको छ । उनी नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्व सभासद हुन् ।
स्वाइन फ्लुबाट ग्रसित रहेका ढकालको धापासीस्थित ग्राण्डी अस्पतालमा गराइएको थियो । उनलाई एयर एम्वुलेन्स मार्फत उपचारका लागि भारत लगिने तयारी भइरहेका बेला मृत्यु भएको हो ।
ढकालको शवलाई अन्तिम श्रदान्जलीका लागि सोमबार ८ बजे एमाले पार्टी कार्यालय बल्खुमा राखिने र भोलि नै पशुपति आर्यघाटमा दाहसस्कार गरिने स्रोतले बताएको छ ।
प्रतिक्रिया