काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ‘दू्रत विषादी अवशेष विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । बजारमा पाइने तरकारी तथा फलफूलमा विषादीको प्रयोग भएको गुनासो बढेपछि सो सञ्चालनमा ल्याएको हो ।
सो प्रयोगसालामा फलफूल तथा तरकारीमा विषादीको मात्रा कति छ भनी विश्लेषण गर्न सकिने छ । काठमाडौंको कालिमाटीस्थित समिति परिसरभित्र सो प्रयोगशाला निर्माण गरिएको हो ।
प्रयोगशालामा मापदण्डभन्दा बढी विषादी भएका तरकारी, फलफूल तथा अन्य खाद्द वस्तु पाइए बिक्रीमा प्रतिबन्ध लगाइने समेत समितिले जनाएको छ । प्रयोगशालाको उद्घाटन गर्दै मुख्यसचिव लीलामणि पौड्यालले प्राविधिक जनशक्ति विकास गरी यस किसिमको परीक्षण केन्द्र देशभर विस्तार गर्न खाँचो रहेको बताए ।
विषादी नियन्त्रण अभियानमा किसानलाई समेत सहभागी गराउन आवश्यक रहेको भन्दै पौडेलले लापरवाही ढङ्गले खाद्य वस्तु उत्पादन गर्ने कृषक तथा व्यवसायीलाई दण्डित गर्नुपर्नेमा जोड दिएका थिए ।
विषादी भएका तरकारी, फलफूल पाइए बिक्रीमा प्रतिबन्ध लगाइने
२०७१ असार ४, बुधबार
प्रतिक्रिया