वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साधारण सेयरमा आकर्षण : आइएलएफसीओमा ५८ गुणा र विजय लघुवित्तमा ५० गुणा बढी आवेदन

अर्थटुडे
२०७१ चैत्र २३, सोमबार

काठमाडौं । लगानीका अन्य क्षेत्रहरु कम हुदै गएपछि सर्वसाधारणमा साधारण सेयरप्रति आकर्षण बढेको पाइएको छ । लगानीकर्ताको चासोका कारण पछिल्लो समयमा जारी भएका साधारण सेयर (आईपिओ) मा माँगभन्दा धेरै गुणा बढी आवेदन परेको छ । लगानी गरेको छोटो समयमै राम्रो फाइदा हुने भएकाले आम सर्वसाधारणको चासो बढेको हो । गत सातामात्र साधारण सेयर निश्कासन गरेका आइएलएफसीओ माइक्रोफाइनान्सको सेयरका लागि ५८ गुणा बढी र आईतबार आवेदन बन्द भएको विजय लघुवित्तका लागि ५० गुणा बढी आवेदन परेको छ ।

ipo

आइएलएफसीओले चार लाख कित्ता सेयरका लागि आवेदन मागेकोमा दुई करोड ३० लाख ५० हजार कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ ।

यस्तै, विजय विकास लघुवित्त संस्थाले बुधबार चार लाख २० हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेकोमा ५० गुणाभन्दा बढीको आवेदन परेको ग्रोमर क्यापिटलले अनुमान गरेको छ ।

सर्वसाधारणको लघुवित्तको सेयरमा परेको आवेदन हेर्दा पछिल्लो समयमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । यसअघि निश्कासन भएको जनउत्थान लघुवित्तको सेयरमा ३ सय ५५ गुणा आवेदन परेको थियो ।

सेयरको कारोबार हुने दोस्रो बजार नेपाल स्टक एक्सचेन्जको कारोबारमा लघुवित्त विकास बैंकहरुको मूल्य आकाशिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ