वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा पुनः लामिछाने

अर्थटुडे
२०७१ चैत्र २३, सोमबार

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा पुनः कृष्णराज लामिछाने चयन भएका छन् । एसोसिएसनको  साधारण सभाले कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछानेको नेतृत्वमा २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

WC Photo

उपाध्यक्षमा सांग्रिला विकास बैंकका सीईओ राजेन्द्रप्रसाद पौडेल र साइन रेसुंगा विकास बैंकका सीईओ प्रकाश पौडेल चयन भएका छन् । महासचिव इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सीईओ कमल गौतम, सचिव गरिमा विकास बैंकका सीईओ गोविन्दप्रसाद ढकाल र कोषाध्यक्ष एपेक्स डेभलपमेन्ट बैंकका सीईओ गोविन्द उपाध्याय चयन भए ।

कार्यसमिति सदस्यहरूमा सूर्य तिवारी, महेन्द्र अधिकारी, दिनेशकुमार पोखरेल, खिमबहादुर जीसी र रामशरण न्यौपाने चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ