वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बचतकर्ताको एक करोड ठग्ने चारुमती सहकारीका संचालक पक्राउ

अर्थटुडे
२०७१ चैत्र २४, मंगलवार

sahakari-thagiकाठमाडौं । आकर्षक व्याज दिने भन्दै बचतकर्ताको एक करोड ६ लाख रुपैयाँ ठगी गर्ने चारुमती बहुउद्देश्यीय सहकारी संस्थाका दुई संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चावहिलस्थित संस्थाका संचालक राजकुमार श्रेष्ठ र पुरुषोतम् प्रसाद उपाध्यायलाई महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनीहरुले डा राजकुमार सुवेदीको १ करोड ६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

पक्राउ परेकामध्ये उपाध्याय संस्थाका कोषाध्यक्ष र श्रेष्ठ संचालक हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर हनुमानढोकामा राखी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ