वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक दिनको बन्दले देशलाई ३ अर्वको क्षति

अर्थटुडे
२०७१ चैत्र २४, मंगलवार

काठमाडौं । विरोधका लागि बन्द गर्ने राजनीतिक संस्कारका कारण मुलुकले अबौं क्षति बेहोर्नुपरेको छ । बन्दको घाटाबारे कुनै वैज्ञानीक अनुसन्धान त भएको छैन । तर एक दिनको बन्दका कारण ३ अर्व भन्दा बढी राज्यलाई आर्थिक क्षति हुने गरेको आर्थिक विश्लेषकहरु बताउछन् । अझ यो भन्दा बढी सर्वसाधारण र निजी क्षेत्रलाई हुने क्षति अझै बढी छ ।

nepal_banda
एकिकृत नेकपा माओवादी नेतृत्वमा रहेको ३० दलिय मोर्चाले आजदेखि तिनदिने आमहड्ताल आवहान गरेको छ । बन्दका कारण देशको अर्थतन्त्रलाई ठुलो असर पर्ने भन्दै बन्द रोक्न निजी क्षेत्रका उद्योग बाणिज्य महासंघलगायतका संघ संस्थाले आवहान गरेपनि सफल हुन सकेन ।

अन्नत आजबाट सुरु भएको कारण देशभरका जनजिवन प्रभावित भएको छ । उद्योग, कलकारखाना, विद्यालय बन्द भएको छ । सार्वजनिक यातायात चलेको छैन ।

बन्दकै कारण देशमा औद्योगिक बातावरण बिग्रदै गएको छ । नयाँ उद्योग कलकारखाना नखुल्ने र भएका पनि बन्द हुदा युवाहरुमा बेरोजगारी बढ्दै गएको छ । यसै कारण युवाहरुको अध्ययन वा रोजगारीको बहानामा विदेश पलायन समेत बढ्दो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ