काठमाडौं । पर्यटन बोर्डलाई अगाडी बढाउनका लागि बसेको कार्यकारी समितिको बैठकले राजेन्द्र सापकोटाको संयोजकत्वमा नेपाल पर्यटन बोर्ड दैनिक कार्य सञ्चालन उपसमिति गठन गरेको छ ।
पर्यटन बोर्डका उच्च कर्मचारी निलम्बनमा परेपछि बोर्डलाई अगाडि बढाउनका लागि उपसमिति गठन गरेको हो । सापकोटा पर्यटन व्यवसायी तथा कार्यकारी समिति सदस्य समेत हुन् ।त्यसैगरी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवस्तरीय दुई जना र मन्त्रालयका एक जना प्रतिनिधिलाई पनि सदस्य बनाउने छन् जसले प्रशासनिक प्रमुख भएर काम गर्ने छन् ।
बाँकी दुई जना भने नीजि क्षेत्रबाट सदस्यहरुमा सिफारिस हुनेछन् । निजी क्षेत्रको तर्फबाट भने संयुक्त पर्यटन समन्वय समितिले सिफारिश गरेका मानिस रहने छन् ।
बोर्डको सदस्य सचिवमा घनेन्द्र श्रेष्ठ रहेका छन् । समिलिे बोर्डको ऐनमा टेकेर आवश्यक जनशक्ति छनोट गर्दै जाने कुरा भएको छ ।
प्रतिक्रिया