वि.सं. २०८२ जेष्ठ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबार उकालो लाग्यो नेप्से, कारोबार रकममा पनि बृद्धि

अर्थटुडे
२०७१ चैत्र २५, बुधबार

काठमाडौं । लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने ६.६२ अंकले बढेको छ । बुधबार सवैभन्दा बढी होटल समूह २५.९२ अंकले बढेको छ । त्यसैगरी उत्पादनमूलक समूह १८.२७, बाणिज्य बैंक ७.३६, जलविद्युत १७.७९, अन्य १०.५७ र विकास बैंकको परिसुचक ६.०६ अंकले बढेको छ । यसदिन विमा समूहको परिसुचक भने २७.८४ अंकले घटेको छ ।share

बुधबार सवैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसदिन सो कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी प्रभु बैंक ७६ लाख, ग्लोबल आइएमइ बैंकको ७१ लाख ७८ हजार, नेपाल बैंकको ६६ लाख ७० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसदिन २१ करोड ६९ लाख रुपैयाँ बराबरको ५लाख कित्ता सेयर कारोबार भएको छ ।

बुधबार कमाउनेमा गौमूखि विकास बैंक, नयाँ नेपाल लघुवित्त, कसमस डेभलपमेन्ट, यति डेभलपमेन्ट, सिटी डेभलपमेन्ट, ग्लोबल आइएमइ बैंकका लगानीकर्ता रहेको छन् भने गुमाउनेमा नेको इन्स्योरेन्स, नमस्ते वित्तीय संस्था,  सेवा विकास, एलायन्स इन्स्योरेन्सका लगानीकर्ता छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ