वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइक्यान काउन्सीलका लागि अडानद्वारा चार उम्मेदवारी दर्ता

अर्थटुडे
२०७१ चैत्र २५, बुधबार

काठमाडौं । लेखाव्यवसायीको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को सातौं काउन्सीलमा नेपाल अडिटर्स एशोसिएसन (अडान) ले चार साझा उम्मेदवारहरुको उम्मेदवारी दर्ता गरेको छ । अडानका तर्फबाट बुधबार वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, केन्द्रीय सचिवहरु यादवप्रसाद न्यौपाने र ध्रुवप्रसाद पौडेल र कोषाध्यक्ष गणेशराज राईको उम्मेदवारी दर्ता गरेको हो ।

20150408_111210

उम्मेदवारी दर्तापछि आयोजित घोषणासभामा अडान अध्यक्ष मोहनराज रेग्मी र संस्थापक अध्यक्ष कमल खरेलले उम्मेदवारहरुलाई विजयको शुभकामना दिए ।

कार्यक्रममा बोल्दै अडानका प्रथम उपाध्यक्ष तथा आइक्यानका पार्षद मोहन सुवेदीले लेखापरीक्षकहरुको पेशागत हकहित र एकताका लागि साझा उम्मेदवारी प्रस्तुत गरिएको बताए । सुवेदीले अडानको यो प्रयास मुलुककै लागि उदाहरणीय रहेको बताउदै अडान उम्मेदवारहरुको विजय सुनिश्चितताका लागि लेखापरीक्षकहरुलाई जुटन आग्रह गरे ।

अडान उपाध्यक्ष एवम् आइक्यान पूवपार्षद कृष्ण पौडेलले अडानको साझा उम्मेदवारी नै विजयको मुख्य आधार भएको बताए ।

साझा उम्मेदवारहरुको पक्षमा निर्विरोध बनाएर लेखापरीक्षण पेशामा अभूतपूर्व एकता स्थापित गर्न अडानले आग्रह गरेको छ ।

आइक्यान काउन्सिलमा दश जना सिए र चार जना आरएहरु निर्वाचित हुने व्यवस्था छ र सरकारको तर्फबाट तीन जना मनोनित हुने व्यवस्था रहेको छ । काउन्सिलका लागि जेठ २९ गते काठमाडौंमा निर्वाचन हुदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ