काठमाडौं । नयाँ वर्ष २०७२ को उपलक्ष्यमा आईएमईले “आईएमई खुशीका तीन दिन” कार्यक्रम संचालन गर्ने भएको छ ।०७१ चैत्र ३० देखि ०७२ बैशाख ०२ गतेसम्म चल्ने योजनामा ग्राहकलाई नयाँ वर्षको क्यालेन्डर सहित प्रवद्र्धनात्मक समाग्रीहरू वितरण गरिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीका ७५ जिल्लाका ३२ सय भन्दा बढी एजेन्ट\सब–एजेन्ट, १ सय १० आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत रेमिटेन्स सेवा दिदै आएको छ ।
प्रतिक्रिया