वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु आर्थिक वर्षको आठ महिनाको व्यापारघाटा चार खर्व ४८ अर्व

अर्थटुडे
२०७१ चैत्र २७, शुक्रबार

काठमाडौँ । चालु आथिक वर्षको आठ महिनामा कुल व्यापार घाटा चार खर्व ४८ अर्व छ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले बृद्धि हो । परम्परागत निर्यातजन्य वस्तुमध्ये अधिकांश वस्तुको निर्यातमा कमी आएकाले समग्र निकासीमा नकारात्मक देखिएको हो ।bayapar ghata

सो अवधिमा कुल निकासी आठ प्रतिशतले घटेर ५६ अर्ब ९२ करोड तथा कुल पैठारीमा ८.७ प्रतिशतले वृद्धि भई पाँच खर्ब चार अर्ब ९८ करोड पुगेको छ ।
गत आवको सोही अवधिमा निकासीको तुलनामा पैठारी ७.५ गुणा बढी भएकामा चालु अवधिमा पैठारी ८.९ गुणाले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँचाको निर्यातमा ४.८ प्रतिशतले ह्रास आई चार अर्ब ६० करोड, तयारी पोसाकको निर्यातमा १.३ प्रतिशतले ह्रास आई तीन अर्ब ६२ करोडमा झरेको छ ।

त्यस्तै फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ७.३ प्रतिशतले ह्रास आई सात अर्ब ७५ करोडमा पुगेको छ । मुसुरोको दालमा २०.४ प्रतिशतले ह्रास आई एक अर्ब छ करोड अर्ब पुगेको छ ।

केन्द्रका निर्देशक सुयस खनालका अनुसार सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई पाँच खर्ब ६१ अर्ब ९० करोड पुगेको छ ।

सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई पाँच खर्ब ६१ अर्ब ९० करोड पुगेको छ । धागोको निर्यातमा भने ६.३ प्रतिशतले वृद्धि भइ चार अर्ब २८ करोड पुगेको छ ।

उक्त अवधिमा निकासी हुने प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडीबुटी प्रमुख हुन् ।

निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, बेलायत, अफगानिस्तान, टर्की, बङ्गलादेश, इटाली, फ्रान्स, जापान, क्यानडा, भियतनाम र अष्ट्रेलिया प्रमुख देश हुन् ।

सो अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा २८.७ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६३ करोड भएको छ भने अन्तर्रा्ष्ट्रिय बजार मूल्यमा कमी आएका कारण पेट्रोलियम पदार्थमा १४.२ प्रतिशतले कमी आएको छ ।

यस अवधिमा ७५ अर्ब ६५ करोड मूल्य बजारको पेट्रोलियम पदार्थको आयात भएको छ । त्यसैगरी यातायातका साधन र तिनका पार्टपुर्जामा २१.६ प्रतिशतले वृद्धि भई ३२ अर्ब ३८ करोड, विद्युतीय र तिनका सामग्रीमा १७.७ प्रतिशतले वृद्धि भर्ई २२ अर्ब २० करोड, औषधिमा १९.२ प्रतिशतले वृद्धि भएर १२ अर्ब ३७ करोड, मेसिन तथा तिनका पार्टस्मा २९.३ प्रतिशतले वृद्धि भई ३३ अर्ब ११ करोडबराबरको आयात भएको छ ।

पोलिथिन ग्रेन्युल्समा ११.८ प्रतिशतले कमी आई नौ अर्ब १४ करोड, कच्चा पाम आयलमा २३.१ प्रतिशतले वृद्धि भई तीन अर्ब ३० करोड, दूरसञ्चारका सामग्रीमा ३९.६ प्रतिशतले वृद्धि भई रु १३ अर्ब ३५ करोड, रसायनमा १४.५ प्रतिशतले वृद्धि भई पाँच अर्ब ८२ करोड अर्ब भएको छ ।

त्यसैगरी सिमेन्ट क्लिङ्कर पाँच अर्ब पाँच करोड, भटमासको कच्चातेल सात अर्ब ८८ करोड, तयारी पोसाक सात अर्ब ३२ करोड र २२ अर्ब ४९ करोडको अन्न र दुई अर्ब ३८ करोडबराबरको ऊन पैठारी भएको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ