काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले निजी क्षेत्रलाई एक ढिक्का भएर अगाडी बढ्न सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ४९ औ साधारणसभाको शनिवार उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले महासंघलाई अप्ठ्यारो पर्दा आफूलाई पनि असहज भएको बताउँदै निजी क्षेत्रले एक ढिक्का भएर चुनौतिको सामना गनुृपर्नेमा जोड दिए ।
अध्यक्ष नेम्वाङले राजनीतिक दलहरु बजेट अधिवेशन प्रति उदासिन रहेको पनि बताए । ‘मैले चार पटक संसदको हिउँदे अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण गरिसकेँ, उनले भने, तपाईहरुले पनि सरकारको ध्यानाकर्षण गराउनुस, सरकारलाई दवाव दिनुस ।’
दलहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै अध्यक्ष नेम्वाङले सबै दलहरुलाई आवश्यक दवाव दिन निजीक्षेत्रलाई सुझाव दिए ।
कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले प्रदीपजंग पाण्डे पक्राउ पछि महासंघमा कठिन परिस्थिति सिर्जना भएको र यस्तो अवस्थामा व्यवसायीहरु बीच एकता आवश्यक रहेको बताए ।
उनले निजीक्षेत्र अझैपनि चौतर्फी आक्रमणको सिकार भइरहेको भन्दै बन्द हड्तालको सस्कृत पुरै त्याग्न राजनीतिक दलहरुसँग आग्रह गरे । केही व्यक्ति वा समूहले आफ्नो सीमित स्वार्थ पुतिर्तर्न उद्योग धन्दा बन्द गर्ने, सडकमा अवरोध गर्ने जस्ता आथिर्थ गतिविधि विरोधी काम अझै नरोकिएको भन्दै यस्ता घट्नाले लगानीकर्ता बीच नराम्रो संदेश जाने बताए ।
यसैविच महासंघले चालु आर्थिक वर्षभित्रमा नै अध्यक्ष पदको निर्वाचन गर्ने भएको छ । महासंघ अध्यक्ष प्रदिपजंग पाण्डे भ्रष्टाचार मुद्धामा पक्राउ परेपछि सो पदमा महासंघले निर्वाचन गर्न लागेको हो ।
‘आइतबार बस्ने महासंघको कार्यसमिति बैठकले निर्वाचनको मिति तय गर्ने छ ।
गतवर्षको४८औंसाधारणसभालेपाण्डेलाईअध्यक्षमानिर्वाचितगरेकोथियो। महासंघकोशनिवारदेखिसुरुभएको४९औंसाधारणसभामापनिपाण्डेकैविषयमाविवादचलेकोथियो।
प्रतिक्रिया