वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रामचन्द्र पौडेलल, खुमबहादुर खड्का लगायतले तिरेनन् पेस्की

अर्थटुडे
२०७२ बैशाख २, बुधबार

काठमाडौं । मन्त्रीको हैसियतमा पाउनेभन्दा बढी आर्थिक सुविधा लिएको पाइएपछि ५० जना पूर्वमन्त्रीहरु फन्दामा पर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पाउनेभन्दा बढी सुविधा लिएका मन्त्रीहरुको घर ठेगाना खोज्न थालेको छ ।Ram Chandra Poudel

त्यस्तै २०५६\५७ सम्म मन्त्री बनेका पूर्वमन्त्रीहरुले दशैं पेश्कीस्वरुप लिएको रकम महालेखा परीक्षकको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नामममा बेरुजु देखाएपछि असुल उपरका लागि कार्यालयले प्रक्रिया सुरु गरेको हो ।

केही पूर्वमन्त्रीले कार्यालयमा पेश गरेको घरको टेलिफोन नम्बर परिवर्तन भएकोले उनीहरुलाई लिखित तथा मौखिक रुपमा जानकारी गराउन प्रधानमन्त्री कार्यालयलाई समस्या परेको छ ।

सबै मन्त्रीले गरी पाँच लाख १९ हजार तीन सय रुपैयाँ तिर्न बाँकी रहेकोे महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसरी सबैभन्दा धेरै पैसा फिर्ता गर्नुपर्न मन्त्रीहरुको सूचीमा रामचन्द्र पौडेल १८ हजार, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, सुरेन्द्र चौधरी, तारणीदत्त चटौत, आमोदप्रसाद उपाध्याय, जयप्रकाश गुप्तासँग १७ हजार रहेको छ ।

त्यस्तै, कमला पन्त, शिवराज जोशी, रामबहादुर गुरुङ, सुरेन्द्र हमाल, दिलेन्द्रप्रसाद वडु, नरेन्द्रविक्रम नेम्वाङसँग १६ हजारका दरले रकम उठाउनुपर्ने छ ।
राधाकृष्ण मैनाली, त्रिलोचन ढकाल, केशवलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, हेमराज राई, मिना श्रेष्ठ, सुरेन्द्र चौधरीसँग आठ हजार पाँच सयका दरले उठाउनुपर्ने छ भने मिना पाण्डे, राजदेव गोइत, जगतबहादुर बोगटीसँग आठ हजारको दरले रकम उठाउनुपर्ने छ ।

रामचन्द्र अधिकारी, रामजनम चौधरी, मोहम्मद आलम, देवबहादुर पौडेल, यज्ञराज न्यौपाने, झलकनाथ वाग्लेसँग सात हजार तीन सय रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ