काठमाडौं । नयाँ वर्षसँगै नेप्से ओरालो लागेको छ । २०७२ सालको पहिलो कारोबार भएको दिन बुधबार नेप्से परिसुचक ४ अंकभन्दा बढीले घटेर ९४४ दशमलव १३ प्रतिशतमा सीमित भएको छ ।
यसदिन सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ भने त्यसपछि क्रमसः ग्लोबल आइएमई बैंक र कृषि विकास बैंक छन् ।
यसदिन धेरै कमाउने कम्पनीमा फष्ट माइक्रोफाइनान्स कम्पनी तिनाउ डेभलपमेन्ट बैंक, जानकी फाइनान्स छन भने गुमाउनेमा शिखर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एभेरेष्ट इन्स्योरेन्स कम्पनी छन् ।
बुधबार १२४ कम्पनीको दुई लाख ८५ हजार ६५ कित्ता सेयर किनबेच भएको छ । यसदिन ११ करोड ७२ लाख ५३ हजार रुपैंयाको कारोबार भएको छ ।
प्रतिक्रिया