वि.सं. २०८१ श्रावण ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीनदिनदेखि ओरालो लाग्दै नेप्से 

अर्थटुडे
२०७१ असार ५, बिहीबार

काठमाडौँ । मंलबारदेखि लगातार ओरालो लागेको नेप्से परिसुचक विहिबार ५.७२ प्रतिशतले घटेर ९२६.५ पुगेको छ । समूहगत तर्फ बैकिङ समूहको नेप्से परिसुचक ६.७८ अंकले घटेर ८५३.५५मा पुगेको छ । त्यसैगरी होटल, विकास बैंक र जलविद्युत तर्फको नेप्से पनि घटेको छ ।

विमा र फाइनान्स कम्पनीहरुको नेप्से परिसुचक भने गत मंगलबार देखि नै लगातार बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विहिबार ५० करोड ३७ लाख रुपैयाँ बराबरको ३१ लाख ११ हजार कित्ता सेयर कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ