काठमाडौं । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद्ले थापालाई राजकीय सम्मानका साथै शोकमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
८८ वर्षिया थापाको भारतमा उपचारको क्रममा बुधबार निधन भएको थियो । उनको शवलाई विहिबार साझ काठमाण्डौ ल्याइएको छ भने शुक्रबार दिनभर श्रद्धान्जलीका लागि राखिनेछ ।
उनको शुक्रबार साँझ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिदै छ ।
थापा पाँच पटक प्रधानमन्त्री भएका थिए ।
प्रतिक्रिया