वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिसी मोबाइल एक्स्पो दुई दिन थप, साढे ११ करोडको कारोबार

अर्थटुडे
२०७२ बैशाख ५, शनिबार

काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ मोबाइल एक्स्पो २०१५ को अवधी दुई दिन थपिएको छ । अवलोकनकर्ताको चापलाई ध्यान दिंदै एक्पो लम्ब्याईएको मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । जारी एक्स्पोको को नबौं दिन सम्म ११ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

sadi lineko Bhidbhad
एक्स्पोको नबौं दिन शनिबार ८ हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरिदमा साडी एउटा साडी अथबा घडी रोजाइ अनुसार उपहार प्रदान गरिएको थियो । आमा खुवाउने औंशीको अबसर पार्दै हरेक स्मार्टफोनको खरिदमा एउटा साडी उपहार दिइएको उपाध्यक्ष माधब रोकाहाले जानकारी दिए ।

एक्स्पोको नवौं दिन शनिबार रेशम फिलीलीका नायक तथा नायिका द्धयले नृत्य प्रस्तुत गर्दै मेलालाई अझ मनोरंजनात्मक बनाएका थिए । उनिहरुले रेशम फिलीलीको गानामा नृत्य प्रस्तुत गरेका थिए ।

जारी एक्स्पोको नबौं दिन सम्ममा करिब ६ लाख ८० हजार भन्दा बढी अबलोकनकर्ताहरु एक्स्पो हेरेका छन्। एक्स्पो अबधीमा सामसुङ, माइक्रोम्याक्स, कलर्श, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार उच्च रहेको बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिए । एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ । प्रबेशसँगै लक्की ड्र मा प्रबेश गर्नेहरुलाई प्रत्येक घण्टा लक्की ड्र मा समाबेश गराइरहेको बजारले जनाएको छ ।

 मेला अबधीमा कलर्श मोबाइलको छुट अफरमा मा सिटिसी मोबाइल बजारमा कलर्श मोबाइल खरिद गर्दा कलंकीका शुरेस चन्द्र श्रेष्ठले ५० हजार र मोबाइल बजारकै सिटिभी मोबाइलमा पिएन लामाले कलर्शको के २० ड्रोइड मोबाइल खरिद गर्दा २५ हजार क्यास पाएको कलर्श मोबाइलले जनाएको छ ।

शनिबार मात्रै बजारले दर्जन बढी मोबाइलको लक्की ड्र गरेको थियो । मल म्याराथन गरि बिजेतालाई मोबाइल पुरस्कार दिइएको थियो । रेज मोबाइलले दैनिक एक वटा मोबाइल लक्की ड्र गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ