वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रजिष्टर्ड अडिटरहरुलाई सिए सरह बनाउने प्रतिवद्धता

अर्थटुडे
२०७२ बैशाख ५, शनिबार

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) का बरिष्ठ केन्द्रीय उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले नेपालका रजिष्टर्ड अडिटर (आरए) हरुलाई चार्टर्ड एकाउण्टेण्ट सरह अधिकारसम्पन्न बनाउन आफुहरु क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार चित्तवनमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को तीन दिने अनवरत पेशागत शिक्षा तालीम उदघाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

20150417_105532

आइक्यानको सातौं काउन्सिलका उम्मेदवारसमेत रहेका अधिकारीले नेपालको कानून र आइक्यानको संरचना नै विभेदकारी भएको कारण लेखापरीक्षकहरुलाई मर्का परेको बताउदै त्यसलाई हल गर्नका लागि आफुहरु संस्थागत रुपमा नै निर्वाचनमा होमिनुपरेको बताए । । आफुलगायत यादव न्यौपाने, ध्रुव पौडेल र गणेश राईलाई विजयी बनाएर लेखापरीक्षकहरुको अधिकार, कर्तव्य र क्षमतावृद्धिका लागि सहयोग गर्न अधिकारीले आग्रह गरे ।

कार्यक्रममा बोल्दै अडानका प्रथम उपाध्यक्ष तथा आइक्यानका पार्षद मोहन सुवेदीले आइक्यानलाई आरएमैत्री बनाउन आफुहरुले हरसम्भव प्रयास गरेको बताउदै आगामी काउन्सिलले त्यसलाई पूर्णता दिने बताए ।

अडानका केन्द्रीय उपाध्यक्ष तथा आइक्यान पांचौ काउन्सिल सदस्य कृष्ण पौडेलले मुलुकभरका सबै लेखापरीक्षकहरुले अडानका चारै उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाएर पेशागत एकता देखाउन आग्रह गरे ।

तालीममा चित्तवन, नवलपरासी, गोरखा, लमजुङलगायत जिल्लाहरुबाट एक सय लेखापरीक्षकहरुको सहभागिता रहेको छ । तालीमको आयोजना प्रोफेसनल सोलुसन र व्यवस्थापन अडान चित्तवनले गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ