वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इनोभेटिभ बैंकका लगानीकर्तालाई तीन बराबर दुई हकप्रद

अर्थटुडे
२०७२ बैशाख ६, आईतवार

काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ः२ (तीन बराबर दुई) अनुपातमा हकप्रद सेयर पाउने भएका छन् । हकप्रद सेयर जारी गर्ने प्रस्ताव शनिबार सम्पन्न बैंकको विषेश साधारणसभाले पारित गरेको छ ।

Innovative dev bank

बैंककोे १५ करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रद सेयर जारी भएपछि चुक्तापुँजी २५ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस र नगद गरी १८.७९ प्रतिशत लाभांस दिएको थियो । लाभांस बाडेपछि चुक्तापुँजी १५ करोड पुगेको हो ।

भैरहवामा केन्द्रीय कार्यालय रहेको बैंकले रुपन्देही, नवलपरासी र चितवनका ७ वटा कार्यालय मार्फत बित्तिय सेवा दिदै आएको छ । ०७१ चैत्र मसान्तसम्म बैंकले १ अर्ब ७५ करोेड निक्षेप संकलन र १ अर्ब ४३ करोड कर्जा प्रवाह गरी ४ करोड ७७ लाख संचालन नाफा गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ