काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४.२२ अंकले ओरालो लागेको छ । यसदिन होटल र जलविद्युत् वाहेक सबै सुचकहरु घटेका छन् । सबैभन्दा वढी बिमा २१.७६ अंक र अन्य १७.६२ अंकले घटेको छ ।stock
होटल १०.१२ अंक र जलविद्युत् १६.२९ अंकले बढेको छ । यसदिन बैंकिङ २.७२ अंक, विकास बैंक १.९६ अंक, फाइनान्स १.४३ अंक र उत्पानमूलक क्षेत्र ३.०२ अंकले घटेको छ ।
यसदिन १४ करोड १५ रुपैयाँ बराबरको कुल चार लाख ४२ हजार ९७७ कित्ता सेयर किनबेच भएको छ । यसदिन नेशनल लाइफ इन्सुरेन्स, नेपाल लाइफ इन्सुरेन्स,चिलिमे,सिटिजन्स् बैंक इन्टरनेशनल र प्रभु बैंकको ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
पाँच कमाउने कम्पनीहरुमा कालिञ्चोक डेभलपमेन्ट बैंक, सिभिल बैंक, मनास्लु विकास, ग्लोबल आइएमइ, अरुणभ्याली रहेका छन् भने गुमाउनेमा नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, कसमस डेभलपमेन्ट, इन्नोभेटिभ डेभलपमेन्ट बैंक रहेका छन्
प्रतिक्रिया